आफ्नै मुखमा कालो मोसो दल्दै अन्सारीले भने- आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका जनताको अवस्था के छ ?

नेपालखोज २०८२ कार्तिक २२ गते १७:१४

जनकपुर । मधेश प्रदेश सरकारका सांसद रहबर अन्सारीले आफ्नै मुखमा कालो मोसो दलेका छन् । शनिबार (आज) बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत दिन आग्रह गरेपछि विभिन्न दलका सांसदहरुले आफ्नो धारणा राखेका थिए ।

सो क्रममा सांसद अन्सारीले आफ्ना धारणा राख्ने क्रममा आफ्नो मुखमा कालोमोसो दलेका छन् । रोस्टमबाट बोल्दै उनले मधेश प्रदेश सभामा रहेको सम्पूर्ण सांसदहरुलाई अपराधीको संज्ञा दिएका छन् ।

उनले आठ वर्ष भइसक्दा पनि मधेश प्रदेशका ६४ लाख जनताको अवस्थाबारे के छ भनेर प्रश्न गरेका थिए । उनले सरकारमा भएका बेतिथीहरुका बारेमा प्रदेश सभा लगायत आफ्नै पार्टीलाई पनि अवगत गराउँदा कतै कुनै सुनवाई नभएको आरोप लगाए ।

प्रतिक्रिया