अनुष्का सिलवालको ‘द बर्डन अफ ब्रेथ’ कविता सङ्ग्रह लोकार्पण
नेपालखोज
२०८२ कार्तिक २३ गते १७:१८

काठमाडौं । अनुष्का सिलवालद्वारा लिखित कविता सङ्ग्रह ‘द बर्डन अफ ब्रेथ’ को लोकार्पण भएको छ । कृतिको प्राध्यापक गोविन्द भट्टराई, माधवलाल महर्जन र अनुष्का सिलवालले संयुक्त रुपमा लोकार्पण गरे ।
मण्डला बुक प्वाइन्टले प्रकाशन गरेको उक्त कविता सङ्ग्रह २४ वर्षीया सिलवालको पहिलो कृति हो । मण्डला बुक प्वाइन्टका प्रमुख माधवलाल महर्जनले साहित्यप्रतिको लगाव देखेकै कारण आफूले सिलवालको कविता सङ्ग्रह प्रकाशन गरिएको बताए ।
त्यस अवसरमा सह-प्राध्यपक महेश पौडेल, सुजना घिमिरे, प्रा गोविन्द भट्टराई र गौरी प्रधानले पुस्तकमाथि आलोचनात्मक समीक्षा गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया