नेप्सेमा ५.८० अंकको गिरावट, ४ अर्ब ५१ करोडमा झर्यो कारोबार
नेपालखोज
२०८२ कार्तिक २४ गते १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४.१५ अङ्कले घटेको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक २५६१.९४ अङ्कमा झरेको हो । बजारमा आज ४ अर्ब ५१ करोडको कारोबार भएको छ ।
बजारमा आज ९१ कम्पनीको मूल्य बढेको छ । १५१ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ । आज बजारमा १३ समूहका सूचकमध्ये ३ समूहको मूल्य बढ्दा १० समूहको सूचक घटेको छ । होटल तथा टुरिजम क्षेत्रमा सबैभन्दा धेरै १.६४ प्रतिशत वृद्धि भएको छ ।
आज बजारमा ६ कम्पनीको मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ । उन्नति सहकार्य लघुवित्तको मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज बजारमा एनआरएन इन्फास्ट्रक्चरको सर्वाधिक ४८ करोडको कारोबार भयो ।
सम्बन्धित








प्रतिक्रिया