गुल्मीको आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति हुँदै
नेपालखोज
२०८२ कार्तिक २७ गते १०:४५

गुल्मी । आँपचौर-शान्तिपुर सडक धमाधम स्तरोन्नति भइरहेको छ । यस क्रममा यो सडकअन्तर्गत आँपचौरको इन्द्रेगौडादेखि-शान्तिपुरसम्म तीन साताका निम्ति सवारी आवागमन बन्द भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आजदेखि मङ्सिर १६ गतेसम्म उक्त सडकखण्डमा बिहान ७:०० देखि ११:०० बजेसम्म र दिउँसो १२:०० देखि अपराह्न ५:३० बजेसम्म सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
यही कात्तिक २९ गतेदेखि लाग्ने चक्रेश्वरलाई दृष्टिगत गरी उक्त कार्यालयले सम्बद्ध सबैलाई वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त सडक ५२ करोडको लागतमा स्तरोन्नति थालिएको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर तिलकबहादुर गाहले राससलाई बताए ।
सम्बन्धित

प्रतिक्रिया