‘जेनजीका सपना बाहिर जाने छुट कसैलाई छैन, चुनावबाटै अबको हल खोजौं’

नेपालखोज २०८२ कार्तिक २७ गते १७:५३

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा बाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा मन्त्री अर्यालले कुनै पनि हालतमा कोही कसैलाई अहिले जेनजी युवा वर्ग र जनताले चाहेको परिवर्तनको जनभावना विपरित जाने छुट नभएकोले सबैले वार्ता, सहमति र चुनावबाटै अबको हल खोजिनु पर्ने बताए ।

सरकारले दण्डहीनतालाई कहिल्यै पनि प्रसय नदिने कुरा बताउँदै, मन्त्री अर्यालले राष्ट्रिय र निजी सम्पत्तिमा क्षती भएकोबारे कार्की नेतृत्वको न्यायिक जाँचबुझ आयोगले पनि हेरिरहेको र यसमा सरकारले ‘व्ल्याङ्केट अप्रो’ ९नजरअन्दाज० नगरी काम गरिरहेको पनि समिति समक्ष जानकारी दिए ।

प्रतिक्रिया