सभामुख मण्डलविरुद्ध महाअभियोग दर्ता

नेपालखोज २०८२ कार्तिक २७ गते २१:५०

जनकपुरधाम । नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराएका छन् । आज मधेस प्रदेशसभा सचिवालयमा सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभामा १०७ सदस्य रहेको छ । अहिले तीन जना सांसद निलम्वनमा छन् । –रासस

प्रतिक्रिया