महासंघ ‘ट्रबलसुटर’को भूमिकामा

नेपालखोज २०८२ कार्तिक २९ गते १७:०९

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यमी, व्यवसायी र अर्थतन्त्रका समस्या समाधानमा महासङ्घले ‘ट्रबलसुटर’ को काम गरिरहेको बताएका छन् ।

नेपाल विद्युतीय व्यवसायी महासङ्घको १६औँ वार्षिक साधारणसभा एवं छैटौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले उद्यमी, व्यवसायी तथा अर्थतन्त्रका हरेक समस्याको समाधानको लागि महासङ्घ निरन्तर लागिपरेको बताए ।

उनले त्यसका लागि महासङ्घको नेतृत्वमा अन्य निजी क्षेत्रसँग आबद्ध सङ्घसंस्थाहरु र त्यसका सदस्यहरुको सहभागितामा रु १० अर्ब पुँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनीको स्थापना गरिएको जानकारी दिए ।

प्रतिक्रिया