बङ्गलादेशमा एक अल्पसङ्ख्यक स्लामिक सम्प्रदायद्वारा प्रदर्शन

ढाका । बङ्गलादेशको राजधानीमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू भेला भई चुनावअघि कट्टरपन्थीहरूको लागि शक्ति प्रदर्शन गर्न एक सानो मुस्लिम सम्प्रदायका अनुयायीहरूले आफुहरूलाई काफिर घोषित गर्न माग गरेका छन् ।
सुफीवादको शाखाका अनुयायी अहमदिया समुदायको १९ औं शताब्दीमो भारतमा उत्पत्ति भएको थियो भने उनीहरू भारत पाकिस्तान विभाजनमा पाकिस्तान र पाकिस्तान बङ्गलादेशबीचको विभाजनपछि बङ्गलादेशमा पुगेका थिए ।
उनीहरूमाथि मुस्लिम बहुल बङ्गलादेशमा लामो समयदेखि उत्पीडनमा परेका बताउने गरिएको छ। गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको क्रान्तिमा पूर्व प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि देशभरि अल्पसङ्ख्यक सम्प्रदायका सदस्यलाई लक्षित गरी भीडले आक्रमण गरेको थियो ।
हसिनाको निरंकुश शासनमा दबाइएका कट्टरपन्थी इस्लामिक समूहहरू फेब्रुअरीमा हुने आम चुनावमा आंशिक रूपमा प्रगति गर्ने आशामा पछिल्ला केही दिनदेखि आन्दोलित बनेका छन् ।
शनिबार ढाकाको मुटुमा भारत, पाकिस्तान, साउदी अरब र इजिप्टका राजनीतिक नेता र वरिष्ठ इस्लामिक प्रचारकहरू पनि उपस्थित थिए । रासस/एएफपी








प्रतिक्रिया