लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि
नेपालखोज
२०८२ कार्तिक ३० गते १४:१०

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ । प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो ।
सम्बन्धित

प्रतिक्रिया