प्रसाईंको समर्थनमा बन्यो नागरिक बचाउ दल, दर्ताका लागि दियाे आयोगमा निवेदन
नेपालखोज
२०८२ कार्तिक ३० गते १५:००

काठमाडौं । मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल बनेको छ ।
प्रसाईँको समर्थनमा नागरिक बचाउ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पुगेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन् ।
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएकामा यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।
यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।
दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।
सम्बन्धित

प्रतिक्रिया