सोमबार, पुष ७, २०८२

सवारी दुर्घटनामा एकजनाको मृत्यु

नेपालखोज २०८२ मंसिर १ गते २०:१२

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो । बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी छ वर्षपछि पक्राउ भ्रष्टाचार मुद्दामा फरार प्रतिवादीलाई छ वर्षपछि आज कोहलपुरबाट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले विसं २०७६ भदौ २३ मा अदालतको फैसलाले कैद तथा जरिवाना तोकिएका तीन जनालाई पक्राउ गरी अदालतमा बुझाइएको जानकारी दिए ।

उनका अनुसार तत्कालीन वडासदस्य कहरसिंह थापा, तत्कालीन नासु खिमलाल पाण्डे, तत्कालीन सवइञ्जिनियर नेत्रविक्रम थारुलाई तीन महिना कैद र तीनै जनालाई रु ३७ हजार ९२१ जरिवाना गरिएको थियो ।

प्रतिक्रिया