बालविवाहलाई घटाउन ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
नेपालखोज
२०८२ मंसिर २ गते ८:०२

भजनी (कैलाली) । टीकापुर नगरपालिकाले कार्यान्वयनमा ल्याएको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । बालविवाहलाई न्यूनीकरणका लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ देखि सो कार्यक्रम थालनी गरेको थियो ।
बीस वर्षभन्दा अगाडि कुनै छोरीले विवाह गर्न नपरोस् भन्दै सुरु गरेको उक्त कार्यक्रममा हालसम्म एक हजार ४८१ छोरी आवद्ध भएका छन् । उनीहरूका नाममा नगरपालिकाले बैंकका खाता सञ्चालन गराएर वार्षिक दरले रकम जम्मा गर्दै आएको छ ।
उक्त रकम २० वर्ष पूरा भएपछि मात्रै भुक्तानी गर्न पाइनेछ । वार्षिक एक हजारका दरले नगरपालिकाले छोरीका नाममा सञ्चालन भएको खातामा एक हजार जम्मा गर्दै आएको छ ।
जन्मदर्ताका आधारमा आव २०७६÷७७ भन्दा पछि जन्मेका छोरीको बैंक खाता नगरपालिकाले खोलिदिने गरेको छ ।
सम्बन्धित








प्रतिक्रिया