सोमबार, पुष ७, २०८२

एमालेको विघटित संसदीय दलको बैठक १ बजे बस्ने

नेपालखोज २०८२ मंसिर २ गते १०:१६

काठमाडौं । नेकपा एमालेको विघटित प्रतिनिधि सभाका सांसदहरूको बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएकाे हाे ।

नेकपा एमालेले संसद विघटन असंवैधानिक रहेको भन्दै पुन:स्थापनाका लागि अदालत जाने निर्णय गरेको छ । अन्य राजनीतिक दलहरू भने अन्तरिम सरकारले तोकेको फागुन २१ को निर्वाचनमा सहभागी हुने तयारीमा छन् ।

यसै सन्दर्भसहित देशका पछिल्ला राजनीतिक, समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया