एनपिएल : चितवन राइनोजद्वारा कर्णाली ४ विकेटले पराजीत
नेपालखोज
२०८२ मंसिर २ गते १५:२२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्स पराजीत भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएकाे खेलमा चितवन राइनोजसँग कर्णाली याक्स ४ विकेटले पराजीत भएकाे हाे । कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
चितवनको जितमा रवि बोपराले अर्धशतक प्रहार गरे। रविले ३५ बलमा ५२ रन बनाउदै चितवनलाई जितको बाटो दोहोर्याए । दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रनको योगदान दिए । बलिङमा कर्णालीका सोमपाल कामीले २, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले एकएक विकेट लिए ।
सम्बन्धित








प्रतिक्रिया