लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
नेपालखोज
२०८२ मंसिर ५ गते १५:२९

मोरङ । बिराटनगर महानगरपालिका-१६ दरैया चोकबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १०३ ग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१२ बस्ने ३९ वर्षीय राजु बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३८ प २३१७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया