आइतबार, पुष ६, २०८२

भरूवा बन्दुकसहित एकजना पक्राउ

नेपालखोज २०८२ मंसिर ७ गते १०:५०

बैतडी । पञ्चेश्वर गाउँपालिका-४ स्थित महाकाली करिडोरबाट भरूवा बन्दुक १ थान, छर्रा ३५ थान, बारूद र केप १ थानसहित सोही गाउँपालिका-४ बगौरा बस्ने ४१ वर्षीय गम्भिर बहादुर चन्दलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया