आइतबार, मंसिर २८, २०८२

लागूऔषधसहित पाँचजना पक्राउ

नेपालखोज २०८२ मंसिर ७ गते १४:४३

काठमाडौं । नवलपरासी पूर्व, देवचुली नगरपालिका-६ मुण्डे बस्ने ४२ वर्षीया फुलमाया सुनारीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ३९४ ट्याब्लेट, एनार्गन १ हजार २० ट्याब्लेट, प्रोमेथाजाइन ६२० ट्याब्लेट र नगद २ लाख ३७ हजार रूपैयाँ सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रजहर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-३ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट ४५ ट्याब्लेट र स्पास्मो ८६ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २४ वर्षीय हुमेन्द्रनाथ कुँवरलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७७० मिलिग्राम सहित मेचीनगर नगरपालिका-१२ नयाँ बस्ती बस्ने २७ वर्षीय सुनिल विश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको कचनकवल गाउँपालिका-४ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही गाउँपालिका–२ बस्ने ३२ वर्षीय प्रदिप विश्वकर्मा र ३२ वर्षीय बिजय भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ प १५६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया