प्रोटोन ईमासको काठमाडौंमा एक्सचेन्ज अफर १ दिन थप गर्दै २४ सम्म विस्तार

काठमाडौं । जगदम्बा मोटर्स प्रा.लि. अन्तर्गत सञ्चालन हुने नेपालकै अग्रणी इलेक्ट्रिक सवारी साधन (इभी) ब्रान्ड प्रोटोन ईमासले विशेष एक्सचेन्ज अफर कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।
पूर्वनिर्धारित अवधिमा १ दिन थपिएका कारण, यो कार्यक्रम नोभेम्बर २१ देखि २४ सम्म काठमाडौँको ज्ञानेश्वरस्थित एटीकमा आयोजना हुने भएको छ । चार दिनसम्म सञ्चालन हुने यस कार्यक्रममा विद्यमान सवारी साधन एक्सचेन्ज गर्न चाहने ग्राहकहरूलाई प्रोटोन ईमासका प्रमुख विशेषताहरू, सेवा सुविधा तथा अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिने कम्पनीले जनाएको छ ।
एक्सचेन्ज अफर ४६.९९ लाखदेखि सुरु हुनेछ। प्रोटोन ईमास ७ ले शक्तिशाली १६० किलोवाट मोटर पावर, १८० मिमी ग्राउण्ड क्लिरेन्स तथा ४९२ र ५८५ किमि एनइडिसी रेञ्ज प्रदान गर्दछ । उन्नत सुरक्षात्मक तथा प्रिमियम डिजाइन सुविधासहितको यो इभी को लम्बाइ ४६१५ मिमी रहेको कम्पनीले उल्लेख गरेको छ। यस विशेष अफरमार्फत ग्राहकहरूले अत्याधुनिक इभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर पाउने भएका छन् ।








प्रतिक्रिया