कांग्रेसद्वारा सभापति राईको निधनप्रति दु:ख व्यक्त
नेपालखोज
२०८२ मंसिर ८ गते १६:२८

काठमाडौं । नेपाली कांग्रेसले सङ्खुवासभा क्षेत्र नं १ प्रदेश (क) का पार्टी सभापति देउमान राईको निधनप्रति दु:ख व्यक्त गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी जिल्ला समन्वय समितिका सदस्यसमेत रहनुभएका क्षेत्रीय सभापति राईको हृदयाघातबाट भएको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
मकालु गाउँपालिका-३ का बासिन्दा राईले नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेकाे कांग्रेसले जनाएको छ ।
राईको निधनप्रति कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि दुःख व्यक्त गरे । कार्यवाहक सभापति खड्काले राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामनाका साथै शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना व्यक्त गरे ।
सम्बन्धित








प्रतिक्रिया