महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी

नेपालखोज २०८२ मंसिर ९ गते २०:४०

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ओदालीका २१ वर्षीय रोशन दमाईं महाकाली नदीमा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज दिउँसो महाकाली नदीमा पौडी खेल्ने क्रममा ओदालीका दमाईं नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ताको राति अबेरसम्म नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जोखीकार्य जारी राखेको भए पनि अहिलेसम्म नभेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । ‘दमाईंसँगै पौडी खेल्न गएका अर्का युवक भने सकुशल छन्,’ प्रवक्ता बोहराले भने, ‘बेपत्ताको खोजीकार्यमा जुटिरहेको भए पनि अवस्था अझै अज्ञात छ ।’

प्रतिक्रिया