कांग्रेसको विशेष महाधिवेशन पक्षधरले काठमाडौंमा भेला गर्दै
नेपालखोज
२०८२ मंसिर १० गते १०:२९

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन पक्षधरले आज विशेष भेला (सभा) बोलाएको छ ।
काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुने भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई दबाब दिनेछ । केन्द्रीय समिति बैठक भोलि (बिहीबार) बस्दैछ ।
भेलामा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधि नेताहरू सहभागी हुनेछन् ।
कांग्रेस केन्द्रीय समिति गत असोज २८ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशन फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन अघि वा पछि भन्ने विषयमा विवाद छ ।
सम्बन्धित








प्रतिक्रिया