तीन अर्ब ४३ करोड रुपैयाँ संस्थागत निक्षेप बैंकहरुमा राखिने

काठमाडौ । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४३ करोड ७५ लाख रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ ।
राष्ट्र बैंकले बुधबार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । बैंकको बिभिन्न कोषमा रहेको उक्त परिमाणको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि डिसेम्वर१७, २०२५ देखि डिसेम्बर १७, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर १२ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये वाणिज्य बैंकहरुको लागि दुई अर्ब ७५ करोड एक लाख, बिकास बैंकहरुको लागि ५१ करोड ५६ लाख र फाइनान्स कम्पनीहरुको लागि १७ करोड १८ लाख रुपैयाँ छुट्याईएको छ ।
रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा तीन प्रतिशत ननाघेको हुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।








प्रतिक्रिया