मंगलबार, पुष १, २०८२

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो ३० अर्ब

नेपालखोज २०८२ मंसिर १० गते १६:२९

काठमाडौं । नेपाल राष्ट्र बैकले आज बुधबार पनि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तानेको छ । कर्जाको मागमा संकुचन आउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेसंगै राष्ट्र बैंकले आज मौद्रिक उपकरण बिक्री गरेर उक्त परिमाणमा रकम तानेको हो ।

राष्ट्र बैंकका अनुसार आज अपरान्ह दुई बजेसम्ममा अनलाईन बिडिङ सिस्टम सफ्टवेयर मार्फत उक्त परिमाणमा रकम तानिएको हो । परिपक्व हुुने अवधि ४२ दिन तोकिएको यो उपकरणको सावाँ व्याज भुक्तानी मिती २०८२ पुस २३ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले खरिद गर्न सक्ने गरी यो निक्षेप उपकरण बिक्री हुन लागेको हो ।

खरिदकर्ताहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुुल आव्हान रकमसम्मको निक्षेप उपकरण खरिद गर्न सक्ने सिमा तोकिएको छ । यसरी खरिद गरिएको उपकरण राष्ट्र बैंक बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा धितोकोरुपमा समेत राख्ने सकिने छ ।

प्रतिक्रिया