एघारौँ महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनोट गर्दै एमाले
नेपालखोज
२०८२ मंसिर १३ गते ९:०३

काठमाडौं । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि आज देशैभरी प्रतिनिधि छनोट गर्दै छ । एमाले केन्द्रीय कार्यालयका अनुसार ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेद्वारी मनोनयन भएको थियो ।
मनोनीतसहित एमालेको ११औँ महाधिवशेनमा करिब २२ सय प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यसअघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।
सम्बन्धित








प्रतिक्रिया