चार दशमलव २८ अंकले घट्दा चार अर्ब ७१ करोडको शेयर किनबेच
बजारमा देखिएन मौद्रिक नीतिको त्रैमासिक समिक्षाको प्रभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि शेयर बजारमा भने यसको खासै प्रभाव देखिएन । अघिल्लो दिन २६ दशमलव ५१ अंकले घटेको नेप्से आज पनि चार दशमलव २८ अंकले घटेर २६ सय ४५ दशमलव २४ अंकमा झरेको छ ।
यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७२ अंकले घटेर चार सय ५५ दशमलव २६ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरूको ६० हजार छ सय २० पटकको कारोबारमा एक करोड आठ लाख ६० हजार आठ सय २८ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब ७१ करोड ६३ लाख ८३ हजार पाँच सय ८० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरूको शेयर कारोबार भएकोमा पाँच वटा समूहहरूको सूचक बढेर बाँकी समूहहरूको सूचक घटेको छ । जसमध्ये विकास बैंक समूहको सूचक १४ दशमलव ३९ अंकले बढेर ५४ सय ४० दशमलव ३० अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि २० दशमलव ९३ अंकले बढेर २३ सय दुई दशमलव ६५ अंकमा पुगेको छ । जलविद्युत समूहको सूचक पनि सात दशमलव ६६ अंकले बढेर ३३ सय ९८ दशमलव ४१ अंकमा पुगेकोमा उत्पादनमूलक र लघुवित्त समूहको सूचक पनि क्रमशः २४ दशमलव ६४ र ३० दशमलव ६५ अंकले बढेका छन् ।
वाणिज्य बैंक समूहको सूचक भने नौं दशमलव ४८ अंकले घटेर १३ सय ७२ अंकमा झरेकोमा जीवन बिमा समूहको सूचक पनि ६९ दशमलव ९६ अंकले घटेर १३ हजार तीन सय ९८ दशमलव ७१ अंकमा झरेको छ । यसै गरी निर्जीवन बिमा समूहको सूचक पनि शून्य दशमलव ६५ अंकले घटेर ११ हजार २६ दशमलव चार अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष, अन्य र व्यापार समूहको सूचक पनि क्रमशः तीन दशमलव ३७, शून्य दशमलव ७८, शून्य दशमलव शून्य तीन, चार दशमलव ३५ र तीन दशमलव ९८ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा सागर डिष्ट्रिली प्राली परेको छ भने बढी गुमाउने कम्पनीहरूको सुचीमा पहिलो स्थानमा निफ्रा ग्रिन इर्नर्जी डिवेञ्चर २०८८/०८९ परेको छ । यसै गरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड परेको छ ।








प्रतिक्रिया