सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो
नेपालखोज
२०८२ मंसिर १६ गते १०:५३

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ । आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन हजार ५३५ मा कारोबार भएको थियो ।
सम्बन्धित








प्रतिक्रिया