बुधबार, पुष २, २०८२

एनपीएल : विराटनगर र लुम्बिनी भिड्दै, प्लेअफका लागि जित्नैपर्ने दबाबमा लुम्बिनी

नेपालखोज २०८२ मंसिर १७ गते ७:०४

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको खेलअन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ४ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल हुनेछ ।

विराटनगरले पाँच खेल खेलेर ८ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान पाँच खेलबाट ४ अंक जोडेको लुम्बिनी लायन्स भने छैटौँ स्थानमा छ । प्लेअफ सम्भावना जिउँदै राख्न लुम्बिनीका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ ।

प्रतिक्रिया