बुधबार, पुष २, २०८२

नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त पदमा चार नयाँ सदस्य चयन

नेपालखोज २०८२ मंसिर १७ गते २१:२६

काठमाडौंं । नेपाल बैंकर्स संघको कार्यसमितिको रिक्त पदमा चार नयाँ सदस्य चयन भएका छन् । बुधबार बसेको संघको साधारणसभाबाट रिक्त पदमा एकजनाको कार्याकाल दोहोरिएको छ भने तीनजना नयाँ सदस्य चयन गरिएको छ ।

संघको सदस्यमा प्राइम बैंकका सिईओ संजीव मानन्धर दोस्रो कार्यकालको लागि दोहोरिएका छन् । यसैगरी नबिल बैंकका सीईओ मनोज ज्ञवाली, नेपाल एसबिआइ बैंकका सीईओ रामकुमार तिवारी र लक्ष्मी सनराइज बैंकका सीईओ अजय विक्रम शाह नयाँ सदस्यमा चयन भएका छन् ।

सानिमा बैंकका सीईओ निश्चलराज पाण्ड्ये र सिद्धार्थ बैंकका सीइओ सुन्दर कँडेलको सीइओको कार्यकाल सकिन लागेपछि सदस्य पद खाली भएको थियो । साथै, प्रभु बैंकका सीईओको कार्यकाल सकिन लागेपछि उनको ठाँउमा नयाँ सदस्य चयन भएको हो ।

प्रतिक्रिया