आइतबार, मंसिर २८, २०८२

धोबी खोलामा साइकलसहित शव भेटियो

नेपालखोज २०८२ मंसिर १८ गते ९:३२

काठमाडौं । धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आज बिहान काठमाडौं महानगरपालिका–२९ रुद्रमति पुल नजिक धोबी खोलामा साइकलसहित शव भेटिएको हो ।

मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का स्थायी बासिन्दा हुन् । घटनास्थलमा प्रहरी टोली परिचालन भएको छ ।

प्रतिक्रिया