मंगलबार, पुष १, २०८२

डिजिटल भुक्तानीतर्फ बढ्दो विश्वास प्रमाणित गर्दै दराज नेपालको ११.११ सफलतापूर्वक सम्पन्न

नेपालखोज २०८२ मंसिर १८ गते १६:५७

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले यस वर्षको ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’, ऐतिहासिक नतिजासहित सफलतापूर्वक सम्पन्न गरेको छ । १००%प्रामाणिक ब्रान्डेड उत्पादनहरूका लागि समर्पित प्लेटफर्मको च्यानल, दराजमलमा यस पटक ब्रान्डहरूले ४५०% सम्मको वृद्धि हात पार्न सफल भएका छन् । यसले ग्राहक विश्वास तीव्र गतिमा बढिरहेको स्पष्ट संकेत दिँदै गुणस्तरमा आधारित अनलाइन किनमेलकै नयाँ मानक स्थापित गर्न समेत सफल भएको छ ।

नोभेम्बर १० (राति ८ बजे) देखि नोभेम्बर २१ सम्म चलेको यो अभियानमा उपभोक्ताहरूको अभूतपूर्व संख्यामा सहभागी रहेको थियो । लाखौँ नेपाली उपभोक्ताले भारी छुट, दुई करोड रुपैयाँभन्दा बढी मूल्यका विशेष भाउचर, र विभिन्न श्रेणीमा क्युरेटेड डिलहरूको लाभ पनि उठाउने अवसर पाएका थिए ।

यस वर्ष डेलिभरी गति, ग्राहक अनुभव, र डिजिटल भुक्तानीमा समेत उल्लेखनीय सुधार प्रस्तुत गर्दै, समग्र बिक्रीमध्ये ४८% हिस्सा पहिलोपटक अनलाइन किनमेल गर्ने ग्राहकले योगदान गरेका छन् । यसले नेपालमा डिजिटल वाणिज्यप्रति नयाँ प्रयोगकर्ताको विश्वास मजबुत हुँदै गएको प्रमाण दिएको छ ।

ब्राण्ड्स तथा विक्रेताका लागि एतिहासिक ग्रोथ
यस वर्षको दराज ११.११ देशभरका विक्रेताका लागि नै एक ऐतिहासिक वर्षका रुपमा स्थापित भएको छ । ६,००० भन्दा बढी विक्रेताले गत वर्षको प्रदर्शनलाई पछि पार्दै ११.११ लाई २०२५ कै सर्वाधिक सफल अभियानका रुपमा स्थापित गरेका छन् । उपभोक्तालाई आकर्षित गर्ने प्रमुख ब्रान्डहरूमा अल्टिमा लाइफस्टाइल, ग्रिन लाइफ एक्स्पेरियन्स, मामाअर्थ, द दर्मा को, एईविबी, सेताफिल, म्यामिपोको, मसलब्लेज, एडिदास र क्यासियो रहेका छन् ।

यस वर्ष तीव्र गतिमा बृद्धि हात पार्न सफल ब्रान्डहरूमा रेडमी, ग्लेन, भिभो, प्यानासोनिक, सीएमएफ, फिलिप्स, सियाओमी, हिमस्टार, भरटेक्स र ग्रिन लाइफ एक्स्पेरियन्स अग्रणी रहेका छन् । तिनले उच्च भिजिबिलिटी सहितका ब्रान्ड मोमेन्टहरूलाई प्रभावकारी रूपमा उपयोग गर्न सफल भएका थिए ।

साथै, नयाँ तथा उदयिमान ब्रान्डहरूले पनि बलियो उपस्थिति जनाउन सफल भएका छन् । नाइन, प्लम, सेफ्टी, एरके, भ्यासेलिन, प्याराशुट, न्यूलाइट, मार्स, लिभोन र त्रिकाया लगायत ब्रान्डहरूले पहिलोपटक देशव्यापी ध्यान खिच्दै उल्लेखनीय वृद्धि समेत हासिल गरेका छन् ।

११.११लाई परिभाषित गर्न सफल श्रेणी तथा उत्पादनहरु
११.११ को व्यापारलाई परिभाषित गर्ने श्रेणीहरूमा स्किनकेयर, अडियो, पुरुष फेशन, मोबाइल एक्सेसोरीज, हेयरकेयर, मेकअप, महिला फेशन, ब्यूटी टुल्स, बाथ एन्ड बडी, र मेन्स केयर लगायत रहेका छन् । सबैभन्दा धेरै अर्डर भएका उत्पादनमा इयरबड्स, सनस्क्रिन, मोबाइल फोन, डायपर, ज्याकेट, हेयरकेयर सामान, कम्प्युटर तथा मोबाइल एक्सेसरिज, मेकअप ब्रश, अग्र्यानिक स्किनकेयर, र ट्रिमर सामेल थिए ।

डिजिटल पेमेन्ट्स, तिब्र डेलिभरी र सुदृढ उपभोक्ता सन्तुष्टि
प्रिपेड ट्रान्ज्याक्शनमा तिव्र वृद्धि प्रस्तुत गर्दै, नेपालमा क्याशलेस अर्थतन्त्रतर्फको व्यापक झुकावसँगै, यस पटकको ११.११ मा ३५% भन्दा बढी खरिद डिजिटल भुक्तानीमार्फत (वालेट र कार्ड) सम्पन्न भएका थिए । दराज अफिलिएट प्रोग्रामले पनि गत १०.१० को तुलनामा ३ गुणा बढी उत्पादन बिक्री गर्दै क्रिएटर-ड्रिभन कमर्सको प्रभावलाई झनै मजबुत बनाएको थियो ।

ग्राहक अनुभव पनि यो वर्षको केन्द्रमा रह्यो । अनुकूलित लजिस्टिक नेटवर्कमार्फत सबैभन्दा छिटो अर्डर ६ घन्टामा डेलिभर सम्पन्न गरिएको थियो । त्यसैगरी, सबैभन्दा टाढा डेलिभरी बिराटनगरदेखि भीमदत्तासम्म ९५२ किमि यात्रा पूरा गर्दै गरिएको थियो । यसले दराजको राष्ट्रिय पहुँच अझै बलियो हुँदै गएको प्रमाणपनि प्रस्तुत गरेको छ ।

मार्केटिङतर्फ, ८०० भन्दा बढी साझेदारहरुले दराज मार्केटिंग सोल्युशन (डीएमएस) सक्रिय गर्दै ४३% सम्मको आरओआई हासिल गर्न सफल भएका छन् । यसले ११.११ लाई ब्रान्ड दृश्यता र कन्भर्जनका लागि अत्यन्त प्रभावकारी क्षण रहेको प्रमाणित गरेको छ ।

डिजिटल वाणिज्यको शक्ति र प्रमाण
‘११.११ ले फेरि पनि डिजिटल वाणिज्यको शक्तिले कसरी नेपाललाई अझ नजिक ल्याउँछ भन्ने प्रमाणित गर्न सफल भएको छ । विक्रेता, ब्रान्ड, र लाखौँ नयाँ तथा पुराना ग्राहकहरु सबैको सक्रिय सहभागिताले यो वर्षको अभियानलाई साँच्चै असाधारण बनायो । हामी नेपाली व्यवसायलाई सबल बनाउन, ग्राहक अनुभवलाई अझ उकास्न, र देशभर विश्वसनीय अनलाइन किनमेल पहुँच विस्तार गर्न पाएकोमा निकै गौरवान्वित छौँ’, ११.११ले हात पारेको सफलता माथि गर्व गर्दै, दराज नेपालकी प्रबन्ध निर्देशक, आँचल कुँवरले भन्नु भयो ।

ब्रान्ड-नेतृत्वको वृद्धि, डिजिटल भुक्तानीमा तीव्र विस्तार, पहिलोपटक किनमेल गर्ने प्रयोगकर्ताको बढ्दो सहभागिता, र विक्रेताको ऐतिहासिक प्रदर्शनसँगै, दराज ११.११ ले फेरि पनि आफूलाई नेपालकै सबैभन्दा ठूलो र सबैभन्दा विश्वसनीय अनलाइन किनमेल उत्सव भनेर प्रमाणित गरको छ ।

दराज गु्रपका बारेमा :
सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ । दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई-कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एशियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

प्रतिक्रिया