आइतबार, मंसिर २८, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

नेपालखोज २०८२ मंसिर २० गते १२:१९

काठमाडौं । काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध स्पास्पेन २३९ ट्याब्लेटसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सर्लाही घर भएकी ३५ वर्षीया पुनम कुमारी, काठमाडौं गुहेश्वरी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भएका ३६ वर्षीय मनिष धिताल र काठमाडौं माहांकाल बस्ने मेलम्ची नगरपालिका-५ घर भएका ३७ वर्षीय सुशिल कुईकेल रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका-३ लेवटबाटध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ८ ग्राम ४० मिलिग्रामसहित ३ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय फडिन्द्र राज पुरी, सोही उपमहानगरपालिका-१९ सानान्टार बस्ने बकैया गाउँपालिका–७ छतिवन घर भएका ४० वर्षीय सुवास खत्री र सोही उपमहानगरपालिका–११ नवलपुर बस्ने मनहरी गाउँपालिका–५ हाडिखोला घर भएका ३४ वर्षीय विनोद तिवारी रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–६ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २२० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका–११ बस्ने १८ वर्षीय २ जना किशोरहरूलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकि बुट्टाबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १९० मिलिग्राम सहित बिर्तामोड नगरपालिका–९ बस्ने ३५ वर्षीय बिनोद मर्डीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुरको गोदावरी नगरपालिका–३ नहर बस्ने २० वर्षीय उत्सव श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेटसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोदावरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवनको भरतपुर महानगरपालिका–१७ भुवन बस्तीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७५० मिलिग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय तेज बहादुर राना मगर र २१ वर्षीय अश्मिन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–८ गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेतलाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १२ ग्राम ७५ मिलिग्राम र डिजिटल तराजु १ थान सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मसुरिया र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

साथै प्रहरीले उनले प्रयोग गरेको भे.४ प २३७५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया