सोमबार, मंसिर २२, २०८२

सामान्य बढ्यो सुनको मूल्य

नेपालखोज २०८२ मंसिर २२ गते ११:११

काठमाडौं । सोमवार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले जनाएको छ ।

महासंघकाअनुसार आइतबार २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँ पुगेको हो ।

चाँदीको मूल्य भने तोला २० रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आइतबार प्रतितोला ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ३ हजार ५८५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया