एआई नियमन रोक्ने आदेशमा हस्ताक्षर गर्ने ट्रम्पको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रभुत्व कायम राख्न केन्द्रीकृत नियम निर्माण महत्त्वपूर्ण रहेको तर्क गर्दै बढ्दो कृत्तिम बुद्धिमत्ता (एआई) उद्योगलाई नियमन गर्ने अधिकार राज्यहरूलाई नदिइने बताएका छन् । ‘यदि हामी एआईको नेतृत्व गर्न चाहन्छौँ भने त्यहाँ केवल एक नियमन पुस्तिका हुनुपर्दछ,’ उनले एक कार्यकारी आदेश जारी गर्ने घोषणा गर्दै आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेखेका छन् ।
राष्ट्रपति ट्रम्पले अर्थव्यवस्थाको काम गर्ने तरिकादेखि सैन्य प्रविधिसम्म सबै कुरा रूपान्तरण गर्ने भविष्यवाणी गरिएको संयुक्त राज्य अमेरिकालाई एआई उपकरण निर्माण र नियन्त्रण गर्ने विश्वव्यापी दौडको शीर्ष स्थानमा उभ्याउन प्रमुख भूमिका खेल्ने भूमिकाका लागि यो आवश्यक हुने बताउनुभएको हो । अमेरिकी संसद् (कङ्ग्रेस) र उहाँको आफ्नै मेगा आन्दोलनप्रति वासिङ्टन विश्वस्त छैन । धेरै आलोचकहरू प्रविधिको सम्भावित आर्थिक र सामाजिक हानिबाट सावधान हुनुपर्ने बताउँछन् ।
उनको एआई नियमन केन्द्रीकृत गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा काङ्ग्रेसले एआईमा राज्य–स्तरीय कानूनलाई निर्णय गर्न अनुमति दिन दुई पटक मतदान गर्न अस्वीकार गरेपछि आएको हो । ट्रम्पले आफ्नो पोस्टमा लेख्नुभएको छ, ‘हामी दौडको यस बिन्दुमा सबै देशहरूलाई हराइरहेका छौँ तर यदि हामीसँग नियमनका लागि ५० राज्यहरूलाई नै अधिकार दिइयो भने यो लामो समय टिक्ने छैन । -रासस/एएफपी








प्रतिक्रिया