मंगलबार, मंसिर २३, २०८२

एनपीएल-२ : सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश, विराटनगर ७७ रनले पराजित

नेपालखोज २०८२ मंसिर २३ गते १९:२५

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)काे दाेस्राे संस्करणमा सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा विराटनगर किंग्सविरुद्ध ७७ रनले जित निकाल्दै सुदूरपश्चिमले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १४.१ ओभरमा ७८ रनमै समेटियो । 

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमबाट निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५५ रन बनाएको थियो । 

आजको खेलमा जित निकालेसँगै सुदूरपश्चिम सोझै फाइनलमा प्रवेश गरेको छ । पराजित विराटनगरले भने बुधबार हुने इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको इलिमिनेटरमा काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्ने तालिका छ ।

प्रतिक्रिया