बुधबार, मंसिर २४, २०८२

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

नेपालखोज २०८२ मंसिर २४ गते १७:०७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो ।

आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी झापा इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया