बुधबार, मंसिर २४, २०८२

काठमाण्डूबाट लुम्बिनीले पायाे ११२ रनको लक्ष्य

नेपालखोज २०८२ मंसिर २४ गते १७:५८

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा काठमाण्डू गोर्खाजद्वारा लुम्बिनी लायन्सले ११२ रनको लक्ष्य पाएको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । 

काठमाण्डूविरुद्ध मैदान उत्रिँदा लुम्बिनी लिग चरणमा व्यहोरेको हारको बदला लिने लक्ष्यमा छ । यसअघि लिगमा काठमाण्डूले लुम्बिनीविरुद्ध २२ रनको जित निकालेको थियो ।
 

प्रतिक्रिया