किसानलाई दूधमा दश रुपैयाँ अनुदान
नेपालखोज
२०८२ मंसिर २५ गते १०:१२

दमौली (तनहुँ) । भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० अनुदान दिने निर्णय गरेको छ ।
दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार किसानलाई प्रतिलिटर रु १० अनुदान दिने निर्णय भएको नगरप्रमुख दधिराज सुवेदीले राससलाई जानकारी दिए ।
नगरपालिका र भिमाद कृषि उद्यम सहकारी संस्थाबीच त्यससम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार दूध उत्पादन गर्ने किसानलाई भिमाद कृषि उद्यम सहकारीले उक्त रकम प्रदान गर्नेछ ।
नगरपालिकाले दूधको मूल्य पनि निर्धारण गरेको छ । भदौ १ गतेदेखि माघ मसान्तभित्र खरिद मूल्य प्रतिलिटर ११०, थोक बिक्री मूल्य प्रतिलिटर १२० र खुद्रा बिक्री मूल्य प्रतिलिटर १३० तोकिएको छ ।
यसैगरी, फागुन १ गतेदेखि साउन मसान्तसम्म खरिद मूल्य ११५, थोक बिक्री मूल्य १३० र खुद्रा बिक्री मूल्य १४० निर्धारण भएको छ ।
सम्बन्धित








प्रतिक्रिया