गलेश्वर अन्न क्षेत्रलाई एक लाख सहयोग
नेपालखोज
२०८२ मंसिर २५ गते १०:५२

म्याग्दी (बेनी) । जिल्लाको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका वकिल केसीले बेनी नगरपालिका–९ गलेश्वरधामको गलेश्वर पुलस्त्यपुलह अन्न क्षेत्रलाई एक लाख प्रदान गरेका छन् ।
अन्न क्षेत्रले ज्येष्ठ नागरिक, तीर्थयात्री, विपन्न तथा बेसाहारालाई निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ । गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममका ज्येष्ठ नागरिक तथा जडभरत शालीग्राम संस्कृत विद्यालयका विद्यार्थीलाई सोही रकमबाट बुधबार भोजन गराइएको थियो । ज्येष्ठ नागरिक र विद्यार्थी भोजनमा रु २४ हजार खर्च भएको र बाँकी रकम आज अन्न क्षेत्रको बैंक खातामा जम्मा गरिने जनाइएको छ ।
अन्न क्षेत्रले गौशाला सञ्चालनका साथ आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक र संस्कृत विद्यालयका पाँच जना वटुकलाई दैनिक भोजनको व्यवस्था गर्दै आएको छ ।
सम्बन्धित








प्रतिक्रिया