सुनचाँदीको मूल्य बढ्याे, कतिमा हुँदैछ काराेबार ?
नेपालखोज
२०८२ मंसिर २५ गते १०:५९

काठमाडौं । बुधबारको तुलनामा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५३ हजार १०० कायम भएको छ भने एक तोला चाँदीको मोल रु तीन हजार ८०५ निर्धारण भएको छ ।
बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ५२ हजार १०० निर्धारण भएको थियो भने एक तोला चाँदी तीन हजार ७५० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार २४२ र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया