बिहीबार, मंसिर २५, २०८२

पठन संस्कृतिको विकासका लागी किताब जात्रा महत्त्वपूर्ण छ : सञ्चार मन्त्री

नेपालखोज २०८२ मंसिर २५ गते १६:२५

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शिक्षित नेपाल बनाउन र पठन संस्कृतिको विकास गर्न किताब जात्राको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । किताव जात्राको सातौँ संकरणको बिहिबार उद्घाटन गर्दै उनले शिक्षित नेपाल निर्माणका लागि शिक्षामा सबैको पहुँच अभिवृद्धि गरिनुपर्नेमा जोड दिए ।

सञ्चारमन्त्री खरेलले सबै बालबालिकालाई गुगास्तरीय शिक्षाको सुनिश्चितताका लागि सबै सरोकारवाला गम्भीर हुनुपर्ने उल्लेख गरे । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावना अनुरुप सुशासन कायम र भ्रष्ट्राचार नियन्त्रणका लागि सरकार लागिपरेको उल्लेख गरे ।

किताब जात्राका निर्देशक ऋषिराज अधिकारीले पठन संस्कृतिको विकाससँगै नागरिकलाई शिक्षाप्रति जागरण फैलाउने उद्देश्यले किताब जात्रा गरिदै आएको बताए । दुई दिने कार्यक्रममा पुस्तक प्रदर्शनीका साथै विभिन्न प्राज्ञिक शत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा कलाकारहरुले विभिन्न कला र संस्कृति झल्कने प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया