पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषबाट आर्थिक राहत उपलब्ध

इस्लामाबाद । पाकिस्तानले आर्थिक सङ्कट व्यवस्थापन तथा सुधार कार्यक्रमका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषबाट झन्डै एक अर्ब २० करोड डलर बराबरको रकम प्राप्त गरेको घोषणा पाकिस्तान राज्य बैङ्कले गरेको छ ।
बैङ्कका अनुसार यो रकम बिहीबार देशको कोषमा दाखिला भइसकेको छ । यो सहायता विस्तारित कोष सुविधाअन्तर्गत दोस्रो समीक्षाको काम पूरा भएपछि प्रदान गरिएको हो ।
साथै, दिगोपन तथा स्थायित्वसम्बन्धी कोषअन्तर्गत पहिलो किस्ता पनि एकैसाथ स्वीकृत भएपछि पाकिस्तानले थप आर्थिक राहत पाएको हो । राज्य बैङ्कले स्पष्ट पारे अनुसार प्राप्त रकम यस साता विदेशी मुद्रा भण्डारमा औपचारिक रूपमा देखिनेछ ।
यो रकम विदेशी कारोबार सन्तुलन, भुक्तानी क्षमता र आर्थिक स्थिरतामा सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ । यस आर्थिक सहयोगले पाकिस्तानको चालु कार्यक्रम, सुधार योजना र आगामी आर्थिक कदमहरूलाई टेवा पुग्ने सरकारी अधिकारीहरूले बताएका छन् । -रासस/सिन्ह्वा








प्रतिक्रिया