शनिबार, मंसिर २७, २०८२

‘संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य’

नेपालखोज २०८२ मंसिर २५ गते १९:३३

गोरखा । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले संविधानलाई ‘ट्रयाक’मा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गोरखाले आज सदरमुकाममा आयोजना गरेको जिल्लास्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै उहाँले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिए ।

‘संविधान अहिले लिकबाट बाहिर पुगेको अवस्था छ, तर चुनाव सम्पन्न भएपछि संविधान पूर्णरुपमा लिकमा फर्किने छ,’ उनले भने, ‘संसद् पुनःस्थापनाले देशलार्ई फेरि अर्को द्वन्द्वमा धकेल्ने सम्भावना रहेकाले निर्वाचनमार्फत नै संविधानलाई सही ट्रयाकमा हिँडाउन आवश्यक छ ।’

उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा बृहत कम्युनिष्ट एकता अपरिहार्य भएको बताए । पार्टी एकताका क्रममा आएका विभिन्न आरोपप्रति प्रतिक्रिया जनाउँदै एमाले फुटाएर माओवादीसँग एकता गर्न खोजिएको वा माओवादीले विचार छाडेको जस्ता टिकाटिप्पणीहरु निराधार रहेको बताउँदै उनले पार्टी एकताको मूल आधार माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा आधारित नेपाली मौलिकताको समाजवाद भएको उल्लेख गरे

प्रतिक्रिया