प्रधानमन्त्रीले दिइन् एनपिएल विजेतालाई बधाई
नेपालखोज
२०८२ मंसिर २७ गते १९:०२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग(एनपिएल) को विजेता लुम्बिनी लायन्सलाई बधाई दिएकी छन् ।सामाजिक सञ्जाल (फेसबुक)आर्फत आज उनले विजेता टोलीलाई बधाई दिएकी हुन् ।
बधाई सन्देशमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘राष्ट्रिय आत्मविश्वासमा ऊर्जा थप्न सफल यस उत्सवमा सहभागी सबै टिम, आयोजक र समर्थकलाई धन्यवाद ।’
लुम्बिनी लायन्सले आज भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको हो । सुदूरपश्चिम भने दोस्रोपटक पनि उपविजेतामै समेटिएको छ ।
सम्बन्धित








प्रतिक्रिया