सीमा क्षेत्रमा भएको झडपमा पहिलो गैर–सैनिक थाइ नागरिकको मृत्यु

बैङ्कक । थाइल्यान्डको स्वास्थ्य मन्त्रालयले आइतबार कम्बोडियासँगको सीमा भिडन्तमा एक सर्वसाधारणको मृत्यु भएको बताएको छ।
थाइल्यान्डको स्वास्थ्य मन्त्रालयका प्रवक्ता एकाचाई पिएनस्रिवाचराले थाईल्याण्डमा डिसेम्बर ७ देखि लडाइँ सुरु भएयता सिसाकेत प्रान्तमा मारिएका पहिलो गैर–सैनिक (नागरिक) भएको बताए ।
कम्बोडियाली सेनाले नागरिक क्षेत्रमा रकेट प्रहार गर्दा छर्राबाट ६३ वर्षीय गैर–सैनिकको मृत्यु भएको थाई सेनाले जनाएको छ ।
कम्बोडिया र थाइल्यान्डबीच नयाँ सीमा भिडन्त आइतबार दोस्रो हप्तामा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घातक लडाई रोक्न युद्धविराम गर्ने सहमति भएको बताएपनि थाइ प्रधानमन्त्रीले यसलाई खण्डन गर्दै लडाईँ जारी रहेको बताएका छन्।
औपनिवेशिक कालको ८०० किलोमिटर (५०० माइल) लामो सीमामा सीमाङ्कन विवादका कारण जारी द्वन्द्वले लगभग आठ लाख मानिसहरूलाई विस्थापित गरेको अधिकारीहरूले बताएका छन्।
आक्रमणमा परी दुई हप्तामा कम्तीमा २५ जनाको मृत्यु भएको छ जसमा १४ थाई सैनिक र ११ जना कम्बोडियाली नागरिक रहेका छन् ।
दुवै पक्षले एक–अर्कालाई झडप भड्काएको, सर्वसाधारणमाथि आक्रमण गरेको र आत्मरक्षाको लागि लडिरहेको दाबी गरेका छन् ।
यसअघि युद्धविराम र थपसम्झौताको समर्थन गरेका ट्रम्पले शुक्रबार दक्षिणपूर्वी एसियाली छिमेकीहरू लडाइँ रोक्न सहमत भएको बताएका थिए ।








प्रतिक्रिया