आइतबार, मंसिर २८, २०८२

सिद्धार्थ प्रिमियरद्वारा ‘एसपीआईएल लेन्स’ त्रैमासिक न्यूजलेटर सार्वजनिक

नेपालखोज २०८२ मंसिर २८ गते १६:२१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले कम्पनीको त्रैमासिक न्यूजलेटर एसपीआईएल लेन्सको औपचारिक रूपमा शुभारम्भ गरेका छन् । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा न्यूजलेटर शुभारम्भ गर्दै सीईओ क्षेत्रीले बीमा सम्वन्धि ज्ञान वर्धक सूचना का लागी यो प्रकाशन महत्वपूर्ण हुने बताए ।

एसपीआईएल लेन्स न्यूजलेटरमा कम्पनीको वित्तिय सुचकांक, व्यवस्थापन गतिविधि तथा योजनासम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरिने छ । साथै, नेपालको बीमा उद्योगको विश्लेषण तथा अन्तरराष्ट्रिय निर्र्जीवन बीमा बजारका गतिविधि र तिनका प्रभावहरू समेत समेटिने कम्पनीले जनाएको छ ।

कार्यक्रममा सीईओ क्षेत्रीले भने, ‘एसपीआईएल लेन्स केवल एक न्यूजलेटर मात्र होइन, बीमा उद्योगलाई बुझ्न, अध्ययन गर्न र विश्लेषण गर्न चाहने सबैका लागि मूल्यवान ज्ञान-स्रोत बन्नेछ । कम्पनीले सरोकारवालाहरू सँगको संवादलाई अझ गहिरो बनाउने उद्देश्यका साथ यो प्रकाशन ल्याएको हो ।’

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अनुसार एसपीआईएल लेन्स हरेक तीन महिनामा नियमित रूपमा प्रकाशित गरिनेछ र डिजिटल माध्यम मार्फत उपलब्ध हुनेछ ।

प्रतिक्रिया