छ अंकले बढ्दा तीन अर्ब ४४ करोडको कारोबार

काठमाडौं । नेप्सेमा सुधार देखिएको छ । नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ६ दशमलव ७४ अंकले बढेर २६ सय एक दशमलव ६१ अंकमा चढेको छ ।
नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको ५६ हजार एक सय २२ पटकको कारोबारमा ७७ लाख ५७ हजार छ सय २५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४४ करोड १९ लाख तीन हजार ७७० रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेको छ । जसमध्ये होटल समूहको सुचक आठ दशमलव १८ अंकले घटेर छ हजार आठ सय ९२ दशमलव २८ अंकमा झरेको छ भने लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सुचक पनि क्रमश: शुन्य दशमलव शुन्य आठ, चार दशमलव शुन्य चार, शुन्य दशमलव शुन्य दुई र तीन दशमलव ९९ अंकले घटेका छन् ।
यि बाहेक वाँणिज्य बैंक समुहको सुचक भने नौं दशमलव ७३ अंकले बढेर १३ सय ४६ दशमलव ६८ अंकमा पुगेकोमा बिकास बैंक समुहको सूचक पनि १७ दशमलव ९१ अंकले बढेर ५३ सय ४५ दशमलव ९९ अंकमा चढेको छ ।
फाईनान्स समुहको सुचक पनि २० दशमलव ४८ अंकले बढेर २२ सय ८९ दशमलव ७७ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि दुई दशमलव २९ अंकले बढेर ३३ सय ३२ दशमलव शुन्य सात अंकमा चढेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा स्वस्तिक लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने ङादी ग्रुप पावर लिमिटेड पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया