एमालेको ११औं महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित
नेपालखोज
२०८२ पुष १ गते २०:५०

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका थियो । तर, प्राविधिक तयारी नपुगेको भन्दै आज हुने भनिएको मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिनिधिलाई भोलि बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ ।
सम्बन्धित








प्रतिक्रिया