बुधबार, पुष २, २०८२

एमाले महाधिवेशन : बिहान ८ बजेबाट मतदान सुरु हुँदै

नेपालखोज २०८२ पुष २ गते ६:२१

काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनअन्तर्गत आज मतदान हुनेछ । मतदान बिहान ८ बजेबाट सुरु हुने छ ।

हिजो (मंगलबार) साँझ नै हुने भनिएको मतदान अन्तिम समयमा स्थगित भएको थियो । साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालिका रहे पनि प्राविधिक तयारी नपुगेको भन्दै मतदान कार्यक्रम स्थगित भएको एमालेको निर्वाचन आयोगले जनाएको थियो । 

एमाले प्रतिनिधिलाई आज बिहान भृकुटीमण्डपमा उपस्थिति हुन भनिएको छ । विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिँदै छ । रामलक्ष्मण भोटिङ मेसिनबाट मतदान गरिने आयोगले जनाएको छ ।

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइने बताइएको छ । महाधिवेशनमा दुई हजार २६३ प्रतिनिधिले मतदान गर्ने छन् ।

नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया