कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस
नेपालखोज
२०८२ पुष ६ गते १४:३०

मान्म (कालीकोट) । नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि तीनजनाको नाम सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिले भूपेन्द्रजङ्ग शाही, अम्बबहादुर शाही र सीता रावलको नाम सिफारिस गरी प्रदेश कार्यसमितिलाई पठाइएको हो ।
प्रदेश कार्यसमितिले पनि जिल्लाबाट प्राप्त नामलाई केन्द्रमा पठाएको जिल्ला कार्यसमितिका सभापति अम्बबहादुर शाहीले बताए ।
उनका अनुसार समानुपातिकतर्फ कालीबहादुर सहकारी, सुशीला शाही बम, मनबहादुर नेपालीको नाम सिफारिस गरिएको छ । साथै राष्ट्रियसभातर्फ टेकराज शाही र यशोधा शाहीलाई सिफारिस गरिएको छ ।
सम्बन्धित








प्रतिक्रिया