बिहीबार, पुष १०, २०८२

सुनचाँदीको भाउ घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०८२ पुष १० गते ११:१३

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । आज छापावाल सुनको भाउ तोलाको ६०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको २ लाख ६७ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ । हिजो बुधबार २ लाख ६८ हजार १०० रुपैयाँ थियो ।

यसैगरी चाँदीको भाउ २० रूपैयाँले घटेर आज ४ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रतिक्रिया